विश्वमा कोरोनाः अमेरिकामा ४९ लाख बढी संक्रमित, ब्राजिल र भारतमा क्रमशः २८ र १९ लाख बढी

WM

काठमाडौं । गत २४ घन्टामा अमेरिका, ब्राजिल र भारतमा मात्रै १ लाख ६० हजार भन्दा धेरै नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो तथ्यांकअनुसार गत २४ घन्टामा सबैभन्दा धेरै संक्रमित ब्राजिलमा थपिएका छन् ।

ब्राजिलमा ५६ हजार ४ सय ११ नयाँ संक्रमित देखिएका छन् भने अमेरिका र भारतमा क्रमशः ५४ हजार ४ सय१२ र ५१ हजार २ सय ८२ नयाँ संक्रमित थपिएका छन् । यससँगै गत २४ घन्टामा यी ३ देशहरुमा मात्र १ लाख ६२ हजार १ सय ५ नयाँ संक्रमित थपिएका हुन् ।

यससँगै हालसम्म अमेरिकामा ४९ लाख १८ हजार ३ सय २८ जना संक्रमित पुगेका छन् भने ब्राजिलमा २८ लाख ८ हजार ७६ र भारतमा १९ लाख ६ हजार ६ सय १३ संक्रमित पुगेका छन् ।

त्यस्तै कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या अमेरिकामा १ लाख ६० हजार २ सय ८७ पुगेको छ भने ब्राजिलमा ९६ हजार ९६ र भारतमा ३९ हजार ८ सय २० पुगेको छ ।

त्यस्तै कोरोना मुक्त हुनेको संख्या पनि अमेरिकामा नै सबैभन्दा धेरै रहेको छ । अमेरिकामा हालसम्म २४ लाख ८१ हजार १ सय ३४ जना निको भएका छन् भने ब्राजिल र भारतमा क्रमशः १९ लाख ७० हजार ७ सय ६७ र भारतमा १२ लाख ८१ हजार ६ सय ६० निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित