राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध (गृहमन्त्रालयको सूचनासहित)

home ministry

काठमाडौं । सरकारले भोलिदेखि लागू हुने गरी राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर निर्णय गरेको गृहमन्त्रालयद्वारा एक विज्ञप्तिमा जनाइएको छ ।

गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा लागू गर्ने निर्णय गरेको उल्लेख छ ।

त्यस्तै होटल, रेष्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी, भेला, सेमिनार लगायतका अन्य सामूहिक भेलालाई निषेध गर्ने निर्णय गरेको छ ।

home-ministry

प्रतिक्रिया

सम्बन्धित