२४ घन्टामा कोरोनाः २ लाख ८३ हजार भन्दा नयाँ संक्रमित, ६ हजार ४ सय ४८ को मृत्यु

world-corona

काठमाडौैं । पछिल्लो २४ घन्टामा विश्वभर २ लाख ८३ हजार भन्दा बढी नयाँ कोरोना संक्रमित देखिएका छन् ।

पछिल्लो तथ्यांकअनुसार २ लाख ८३ हजार ९ जना नयाँ संक्रमित देखिएसँगै विश्वमा हालसम्म १ करोड ९५ लाख ३२ हजार ५ सय ३२ कोरोना संक्रमित देखिएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा ६ हजार ४ सय ४८ जना संक्रमितको मृत्यु भएको तथ्यांक सार्वजनिक भएसँगै हालसम्म विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ लाख २३ हजार १ सय ८४ पुगेको छ ।

हालसम्म सबैभन्दा धेरै संक्रमित अमेरिका, ब्राजिल, भारत, रसिया र साउथ अफ्रिकामा क्रमशः पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित