विश्वका ३ देशः संक्रमित १ करोडमाथि, मृतक ३ लाख ६ हजार

U_B_I

काठमाडौं । विश्वका तीन देशमा मात्र संक्रमित संख्या १ करोड नाघेका छन् । त्यस्तै मृतक संख्या ३ लाख भन्दा बढी पुगेका छन् ।

पछिल्लो तथ्यांकअनुसार अमेरिका, ब्राजिल र भारतमा गरेर हालसम्म १ करोड १ लाख ४९ हजार ४ सय ५२ पुगेको छ । पछिल्लो २४ घन्टामा यी तीन देशहरुमा मात्र १ लाख ७४ हजार २ सय ३ नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकामा हालसम्म ५० लाख ९५ हजार ५ सय २४ पुगेका छन् भने ब्राजिलमा २९ लाख ६७ हजार ६४ जना संक्रमित र भारतमा २० लाख ८६ हजार ८ सय ६४ संक्रमित पुगेका छन् ।

त्यस्तै विश्वका ७ लाख २३ हजार १ सय ८४ मध्ये यी तीन देशहरुमा मृतकको संख्या ३ लाख ६ हजार ३ सय ७४ रहेका छन् । अमेरिकामा हालसम्म १ लाख ६४ हजार ९४ जनाको मृत्यु भएको छ भने ब्राजिल र भारतमा क्रमशः ९९ हजार ७ सय २ र ४२ हजार ५ सय ७८ मृतक पुगेका छन् ।

हालसम्म विश्वभर १ करोड ९५ लाख ३२ हजार ५ सय ३२ कोरोना संक्रमित देखिएका छन् । हालसम्म विश्वमा १ करोड २५ लाख ३७ हजार ८ सय ५४ जना कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित