ब्राजिलमा संक्रमित ३० लाख बढी, मृतक संख्या १ लाख नाघ्यो

brazil

 

काठमाडौं । ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ८ सय ४१ जनाको मृत्यु भएपछि ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ५ ४३ पुगेकोछ ।

त्यस्तै गरी ब्राजिलमा पछिल्लो २४ घन्टामा ४६ हजार ३ सय ५ जना संक्रमित थपिएसँगै हालसम्म संक्रमितको संख्या ३० लाख १३ हजार ३ सय ६९ जना पुगेको छ ।

ब्राजिलमा हालसम्म २० लाख ९४ हजार २ सय ९३ जना कोरोना मुक्त भई सकेका छन् । विश्वमै ब्राजिल संक्रमित र मृतक संख्यामा दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित