यातायात कार्यालयमा सेवाग्राहीसँग दलाली गर्नेहरु थानकोट प्रहरीको फन्दामा

काठमाडौं ।  यातायात ब्यबस्था कार्यालय सतुंगल शाखामा सेवाग्राहीलाइ काम छिटो गराइदिने बहानामा अबैध रुपमा रकम असुल्ने दलालहरु प्रहरी फन्दामा परेका छन् ।

   राजश्व भन्दा बढी अनधिकृत रुपमा पाँच सय देखी पन्ध्र सय सम्म थप रकम समेत लिने गरेको सुचनाको आधारमा महानगरिय प्रहरी बृत्त थानकोट तथा महानगरिय प्रहरी प्रभाग बलम्बुको संयुक्त प्रहरी टोलीले १० जनालाई रकम मोलमोलाई गर्दागर्दै आज पक्राउ गरेको हो।

   सार्बजनिक स्थलमा अशान्ति मच्चाइरहेको अबस्थामा पक्राउ परेका उनीहरुलाई महानगरिय प्रहरी बृत्त थानकोटले कानुन बमोजिम कारबाही प्रकृया शुरु गरेको जनाएको छ ।

 प्रहरीका अनुसार दलालहरुले सबारी साधन नामसारी गरिदिने तथा पास छिटो गरिदिने र त्यसको लागि थप रकम समेत चाहिने भनी मोलमोलाइ  गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित