कोहलपुर मेडिकल कलेजमा कोरोनाबाट एक पुरुषको मृत्यु, बाँकेमा हालसम्म ५ जनाको मृत्यु

kohal

बाँके । मेडिकल कलेज कोहलपुरमा एक व्यक्तिको कोभिड–१९का कारण मृत्यु भएको पुष्टि भएको छ ।

अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए ।

जिल्लामा हालसम्म बाँके निवासी तीन र अन्य जिल्लावासी दुई जनाको कोरोना भाइरसका कारण मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित