आईजीपी मुद्दा लम्बियो , असार १ गते सुनुवाई हुने

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी)बिबादको मुद्दाको टुंगो लगाउन सर्वोच्च अदालतमा सुरू भएको सुनुवाइ बिहीबार  नसकिएकाले मुद्दालार्इ हेर्दाहेर्दैमा राखिएको छ ।

   मुद्दाको सुनुवाइ अब असार १ गतेमात्रै हुनेछ । न्यायाधीशहरु चोलेन्द्र शमशेर जवरा, जगदिश शर्मा पौडेल, दिपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल, तेजबहादुर केसी र पुरुषोत्तम भण्डारी सहितका सातजना न्यायाधिश सम्मिलित बेन्चमा उक्त मुद्दाको सुनुवाई  नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

 यि न्यायधिसहरुले यसअघि पनि उक्त मुद्दा हेरेको भन्दै महान्यायाधिवक्ता रमन श्रेष्ठले ईजलाश गठनप्रति आपत्ति जनाएका थिए । महान्यायाधिवक्ता श्रेष्ठले सर्वोच्चले मुद्धामा नियमसंगत कदम नचालेको भन्दै आपत्ति जनाउँदा समेत ईजलाशले अस्विकार गरी सुनुवाई भईरहेको थियो ।  महान्यायाधिवक्ताको कार्यालयलमार्फत प्रहरी प्रधान कार्यालयको लिखित जवाफको संसोधन निवेदन पेश हुँदा पनि त्यसलाई वेवास्ता गरी सुनुवाई भएको थियो ।  उक्त निवेदन एकल बेन्चले हेरेपछि मात्र पूर्ण ईजलाशमा पेश हुनुपर्नेमा एकैपटक पुर्ण बेन्चमा राखेको भन्दै श्रेष्ठको आपत्ति जनाएका थिए । सर्वोच्चले जयबहादुर चन्दको नियुक्ती बदर गरेर नवराज सिलवाललाई आईजिपी बनाउन परमादेश जारी गरेपनि सरकारले प्रकाश अर्याललाई आईजिपी बनाएपछि सिलवाल पुन स्अदालतको शरणमा पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित