कोरोना तथ्यांकः भारतमा संक्रमितको संख्या २३ लाख नाघ्यो

world-corona

काठमाडौं । भारतमा विश्वमा महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणबाट संक्रमित हुनेको संख्या २३ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ६१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएसँगै भारतमा संक्रमितको संख्या २३ लाख २८ हजार ४ सय ५ पुगेको छ ।

भारतमा पछिल्लो २४ घन्टामा ८ सय ३५ ले कोरोनाबाट ज्यान गुमाएका छन् । यससँगै हालसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६ हजार १ सय ८८ पुगेको छ ।

विश्वमा पछिल्लो २४ घन्टामा २ लाख ५६ हजार १ सय ७६ नयाँ संक्रमित थपिएसँगै २ करोड ५ लाख १ हजार ७ सय ४६ संक्रमित पुगेका छन् भने हालसम्म ज्यान गुमाउनेको संख्या ७ लाख ४४ हजार ५ सय ८ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित अमेरिका र ब्राजिलमा क्रमशः रहेका छन् । अमेरिकामा ५३ लाख ४ हजार ३ सय ५५ मा कोरोना संक्रमण देखिएको छ भने १ लाख ६७ हजार ५ सय ८६ ले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै ब्राजिलमा ३१ लाख १२ हजार ३ सय ९३ जना संक्रमित देखिएका छन् भने १ लाख ३ हजार ९९ जनाको मृत्यु भइसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित