अाईजीपीको मुद्दा नयाँ मोडमा, हेडक्वार्टरको संसोधित निवेदनलाई वेवास्ता गरी सुनुवाई

काठमाडौं । सरकारले कार्यसम्पादन मुल्याङ्कनमा किर्ते ठहर गरेका  डीआईजी नवराज सिलवालको मुद्धा बिहीबार सर्बोच्च अदालतको वृहद पुर्ण इजलाशमा सुनुवाई भइरहेको छ ।

न्यायाधीशहरु चोलेन्द्र शमशेर जवरा, जगदिश शर्मा पौडेल, दिपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल, तेजबहादुर केसी र पुरुषोत्तम भण्डारी सहितका सातजना न्यायाधिश सम्मिलित बेन्चमा उक्त मुद्दाको सुनुवाई भईरहेको सर्वोच्च अदालतले जनाएको छ ।

यि न्यायधिसहरुले यसअघि पनि उक्त मुद्दा हेरेको भन्दै महान्यायाधिवक्ता रमन श्रेष्ठले ईजलाश गठनप्रति आपत्ति जनाएका छन् । महान्यायाधिवक्ता श्रेष्ठले सर्वोच्चले मुद्धामा नियमसंगत कदम नचालेको भन्दै आपत्ति जनाउँदा समेत ईजलाशले अस्विकार गरी सुनुवाई भईरहेको ।

 महान्यायाधिवक्ताको कार्यालयलमार्फत प्रहरी प्रधान कार्यालयको लिखित जवाफको संसोधन निवेदन पेश हुँदा पनि त्यसलाई वेवास्ता गरी सुनुवाई भईरहेको छ ।  उक्त निवेदन एकल बेन्चले हेरेपछि मात्र पूर्ण ईजलाशमा पेश हुनुपर्नेमा एकैपटक पुर्ण बेन्चमा राखेको भन्दै श्रेष्ठको आपत्ति जनाएका थिए । सर्वोच्चले जयबहादुर चन्दको नियुक्ती बदर गरेर नवराज सिलवाललाई आईजिपी बनाउन परमादेश जारी गरेपनि सरकारले प्रकाश अर्याललाई आईजिपी बनाएपछि सिलवाल पुन :अदालतको शरणमा पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित