छिमेकीको नियतिः भारतमा एकैदिन हजारमाथिको मृत्यु, ६४ हजारबढी संक्रमित

ind

काठमाडौं । भारतमा पछिल्लो २४ घन्टामा ६४ हजार भन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै एकैदिन कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार माथि पुगेको छ ।

पछिल्लो तथ्यांकअनुसार भारतमा २४ लाख ५९ हजार ६ सय १३ संक्रमित पुगेका छन् । पछिल्लो २४ घन्टामा १ हजार ६ जनाको मृत्यु भएको भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४८ हजार १ सय ४४ जना पुगेका छन् ।

भारतमा हालसम्म १७ लाख ५० हजार ६ सय ३६ जना कोरोनामुक्त भएका छन् ।

हालसम्म विश्वमा २ करोड १० लाख ६९ हजार १ सय ५ जना संक्रमित भएका छन् भने ७ लाख ५२ हजार ७ सय २९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित