त्रिभुवन राजपथमा पहिरो खस्दा अवरुद्ध

Tistung


टिस्टुङ । त्रिभुवन राजपथको गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने चारवटा सवारी पुरिएका छन् । पहिरोबाट अवरुद्ध राजमार्ग अहिले खुलाउने प्रयास भइरहेको जनाइएको छ ।

बिहीबार बेलुका अविरल परिरहेको वर्षाका कारण ढुंगाखानी जाने सडकमाथिबाट पहिरो खसेको थियो । उक्त पहिरोमा परि ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको र एउटा स्काभेटर र तीनवटा टिपर पुरिएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए।

पहिरोले सडक पुरिएपछि त्रिभुवन राजपथ अवरुद्ध भएको छ । घटनाको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली घटनास्थल पुगेको भए पनि उद्धार गर्न नसकेपछि राति अबेर फर्किएको थियो ।

प्रतिक्रिया

सम्बन्धित