कुमार बस्नेतदेखि आयुषा गौतमसम्मका ८० कलाकार समेटेर गीत

Euta geetma..

काठमाडौं । लोक तथा दोहोरीगीत संगीतको क्षेत्रलाई मात्र ब्यवसायिकताको रुपमा लिइरहँदा पछिल्लो समय आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ करिब दुई घण्टाको गीत तयार भएको छ ।

लगभग एक वर्ष लगाएर तयार भएको गीतको औपचारिकरुपमा रेकडिङ कार्य सम्पन्न भएको छ । गीतलाई केही दिनमै सुनाखरी मल्टिमिडिया फाउन्डेसन प्रालिले सार्वजनिक गर्ने जानकारी दिएको छ ।

उक्त गीत हेमन्त शिशिरको संगीत संयोजन तथा माधव थापाको लय शब्द र परिकल्पनामा तयार पारिएको हो । नदेख्नेलाई देखाउने, बिर्सिएकालाई सम्झाउने र मौलिकताको संरक्षणका निमित्त तयार पारिएको गीतमा ८० जनाभन्दा बढी कलाकारहरुको स्वर सुन्न सकिन्छ । गीतमा कुमार बस्नेत, नवराज घोरासैनीदेखि लिएर पछिल्लो समय सबैको मनको सांगीतिक ढुकढुकी बनिरहेकी बालगायिका आयुषा गौतमलगायतको स्वर सुन्न सकिन्छ । त्यसैले पनि यस गीतलाई निर्माण युनिटले ‘तीन पुस्ते’ नामकरण गरेको छ ।

तीनै पुस्ताका कलाकारहरुको संलग्नता यस गीतमा भएको कारण पनि नेपाली लोक तथा दोहोरीगीत संगीतको क्षेत्र सम्बृद्धिका निमित्त महत्वपूर्ण भूमिका हुने विश्वास लिइएको छ । कुनै पनि क्षेत्रमा भएको एकताबद्धले उक्त क्षेत्रलाई उदारणीय साबित गर्नका लागि सहज हुने गर्दछ ।

सुनाखरी मल्टिमिडिया फाउन्डेसन तथा कलाकार माधव थापामार्फत प्राप्त भएको जानकारी अनुसार यस गीतको म्युजिक भिडियो चा“डै निर्माण हुने छ । भिडियोमा गायक स्वयम्ले अभिनय गर्ने बताइएको छ ।

हाल गीतको अडियो मिक्सिंङ भइरहेको शिशिर डिजिटल प्रालिका सञ्चालक हेमन्त शिशिरले जानकारी गराएका छन् । मिक्सिङ अवधि कति हुने भन्नेबारे भने उनले अन्यौल रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित