छिमेकीको नियतिः भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघ्यो

ind

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९५० जनाको मृत्यु भएसँगै भारतमा मृत्यु हुनेको संख्या ५० हजार ८४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै भारतमा एकैदिन ६३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ६३ हजार ९८६ जना संक्रमित भएसँगै आइतबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २५ लाख ८९ हजार २०८ पुगेको हो ।

संक्रमितमध्ये अहिलेसम्म १८ लाख ६० हजार ६७२ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ७८ हजार ४५२ जनाको उपचार भइरहेको छ ।

हालसम्म विश्वमा २ करोड १६ लाख ६ सय ३८ जना संक्रमित देखिएका छन् भने ७ लाख ६८ हजार ६ सय ३ जनाको मृत्यु भइसकेको छ । त्यस्तै हालसम्म १ करोड ४३ लाख २१ जार ८ सय ५३ जना कोरोना मुक्त भइसकेका छन् । त्यस्तै हालसम्म ६४ हजार ४ सय ४८ गम्भीर अवस्थामा उपचाररत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित