आरजुको हारसँगै सुदूरपश्चिममा देउवा कमजोर साबित, साउद र बलायर पनि कमजोर

काठमाण्डौ । सुदूरपश्चिमको विकासमा आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्दै आएका प्रधानमन्त्री शेरवहादुर देउवा आफु त निर्वाचनमा बिजयी भए । तर, कांग्रेसका अरु कुनै उम्मेदवारलाई जिताउन सकेनन् ।

 कांग्रेसका प्रभावशाली नेता मानिएका रमेश लेखकदेखि देउवापत्नी आरजुले समेत चुनाव हार ब्यहोर्नु पर्‍यो । अर्का नेता एनपि साउदले पनि चुनाव हार्ने भएका छन् ।

  कञ्चनपुर क्षेत्र नम्बर ३ बाट चुनाव लडेका रमेश लेखक दिपकप्रसाद भट्टसँग पराजित भए ।

  डोटी जिल्लाबाट चुनाव लडेका अर्का कांग्रेस नेता वीरवहादुर बलायर पनि पराजित हुने देखिएको छ । प्रतिस्पर्धी प्रेमबहादुर आलेभन्दा बलायर करिब १ हजार मतले पछाडि परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित