तथ्यांकमा कोरोना: विश्वभर २ करोड १८ लाख बढी संक्रमित, ७ लाख ७२ हजार बढीको मृत्यु

world-corona

काठमाडौं । विश्वमा कोरोना भाइरसबाट २ करोड १८ लाख बढी संक्रमित देखिएका छन् ।

पछिल्लो २४ घन्टामा २ लख १० हजार ६ सय १९ नयाँ संक्रमित थपिएसँगै हालसम्म विश्वमा २ करोड १८ लाख १६ हजार १ सय ६ पुगेको छ । त्यस्तै हालसम्म विश्वमा ७ लाख ७२ हजार ६ सय ८१ जनाको मृत्यु भएको छ ।

हालसम्म विश्वमै सबैभन्दा अमेरिकामा संक्रमित पुगेका छन् । अमेरिकामा ५५ लाख ६५ हजार ४ सय ६६ जना संक्रमित पुगेका छन् भने १ लाख ७३ हजार ९६ जनाको मृत्यु भएको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा हालसम्म ३३ लाख ४० हजार १ सय ९७ जना संक्रमित देखिएका छन् भने १ लाख ७ हजार ८ सय ५२ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै एसियामै सबैभन्दा धेरै संक्रमित र मृतक रहेको भारतमा २६ लाख ४७ हजार ३ सय १६ जना पुगेका छन् र ५१ हजार ४५ जनाको मृत्यु भएको छ ।

विश्वमा कोरोना संक्रमितको सूचीमा रसिया, दक्षिण अफ्रिका, पेरु, मेक्सिको, कोलम्बिया, चिली, स्पेन क्रमशः चौथो, पाँचौं, छैटौं, सातौं, आठौ्रं, नवौं र दशौं स्थानमा रहेका छन् ।

हालसम्म विश्वमा १ करोड ४५ लाख ५१ हजार ३ सय ५८ जना मानिस कोरोना मुक्त भइसकेको तथ्यांक पनि सार्वजनिक भएको छ ।

प्रतिक्रिया

सम्बन्धित