चन्द्र ढकालको स्वार्थमा नयाँ विमा कम्पनीलाई अनुमति

काठमाडौं । वर्षौदेखि रोकिएको नयाँ बीमा कम्पनीको अनुमतिमा ग्लोवल आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले ठूलो चलखेल गरेको रहस्य खुलेको छ । चिरञ्जीवी चापागाई नयाँ अध्यक्ष बनेको दुई महिना नवित्दै गैर कानुनी रुपमा १० वटा विमा कम्पनीले अनुमती पाएका छन् । बीमा समितिमा चापागाई अध्यक्ष बन्ने वितिकै नयाँ १० वटा बीमा कम्पनीलाई अनुमति दिने क्रममा ढकालले ठूलो आर्थिक चलखेल गरेको वित्तिय क्षेत्रमा चर्चा छ । नयाँ अनुमति पाएका १० वटा बीमा कम्पनीहरुमा अधिकांश व्यापारी समूहले प्रवद्र्धन गरेका कम्पनीहरु रहेका छन् ।

 स्रोतका अनुसार समितिमा अध्यक्ष भएका चापागाई आइएमई लाइफ बीमा कम्पनीका सञ्चालक समेत रहेका ढकालका नातेदार हुन् । ढकालले आफ्नो बीमा कम्पनीको अनुमतिका लागि नै चापागाईलाई बीमा समितिको अध्यक्ष बनाएको स्रोत बताउँछ । अर्थमन्त्री कृष्णबहादुर महराले विमा विज्ञ भन्दै डा. रविन्द्र घिमिरेको नाम मन्त्री परिषद्को बैठकमा पेश गर्दा ढकालले करोडौं दिने आश्वसन दिएपछि मन्त्री महराले क्याविनेटमा गइसकेको घिमिरेको नाम फाली चापाईगाईलाई सिफारिस गरेका थिए ।

 त्यसो त विमा समितिको दुई कार्यकाल अध्यक्ष भइसकेका डा. फत्तेबहादुर केसीले ढकालका कुनै पनि उपहार नलिने बरु मापदण्ड अन्तर्गत नै चल्ने भन्दै कुनै पनि कम्पनीलाई स्वीकृती दिएका थिएनन् । जब केसी बाहिरिए तब ढकाललाई चिठ्ठा प-यो । ढकालले आफ्नो मात्र नभई अरु कम्पनीको अनुमति दिलाएर समेत मन्त्रीलाई खुसी बनाएको स्रोतको दावी छ । ढकाल उनै व्यक्ति हुन्, जसको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष अनुसन्धान महाशाखाले सम्पूर्ण खाता विवरण माग गरी अनुसन्धान गरिरहेको छ । उनी गैह्रकानुनी रुपमा हुण्डी कारोबारमा समेत संलग्न रहेको आशंकामा अख्तियारले छानविन गरिरहेको छ ।

 यता, अनुमति दिनलाई नै विमा समितिमा नयाँ अध्यक्ष आएसँगै अनावश्यक विमा कम्पनी थप्न लागेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी प¥यो । अनावश्यक बीमा कम्पनीहरु थप्दै जाने हो भने बीमा व्यवसायको भबिश्य नै संकटमा पर्ने कारणहरुसहित अख्तियारमा निबेदन परेको थियो । निवेदन पर्नासाथ अख्तियारले यो कार्य रोक्न अर्थ मन्त्रालयलाई जेठ २ गते नै पत्र काटे पनि ३ गते बिहीबार १० नयाँ जीवन बीमा कम्पनी थप्ने निर्णय सहित मन्त्रालयले बीमा समितिलाई पत्राचार गरेर अख्तियारको छानविनलाई रद्दिको टोकरीमा फ्याँकेको छ ।

 जाने बेलामा अर्थमन्त्री कृष्णबहादुर महरा र उनका बिश्वासपात्र बीमा समिति अध्यक्ष चापागाईले आफ्नो सात पुस्तालाई पुग्ने सम्पत्ति एकै पटक जम्मा पार्नकै लागि १० वटा जीवन विमा कम्पनी थप्ने निर्णय गरेको विमा समितिमा चर्चा छ । अहिले १० वटा कम्पनीलाई अनुमति दिँदा झण्डै ५ अर्ब घुस खाएकोे दाबी सहित फेरी अर्को निवेदन अख्तियारमा परेको छ । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित