भारतमा संक्रमित संख्या २७ लाख नाघ्यो, एकैदिन विश्वमै सबैभन्दा धेरै संक्रमित र मृतक संख्या

ind

 

काठमाडौं । भारतमा संक्रमितको संख्या २७ लाख नाघेको छ ।

पछिल्लो २४ घन्टामा ५४ हजार २ सय ८८ जना नयाँ संक्रमित थपिएसँगै हालसम्म २७ लाख १ हजार ६ सय ४ जना संक्रमित संख्या पुगेका छन् ।

त्यस्तै पछिल्लो एकदिनमा ८ सय ८० जनाको मृत्यु भएसँगै ५१ हजार ९ सय २५ पुगेको छ । भारतमा पछिल्लो एक सातादेखि विश्वमै सबैभन्दा धेरै संक्रमित र मृतक संख्या पुगेको छ ।

हालसम्म भारतमा १९ लाख ७६ हजार २ सय ४८ जना उपचारपछि कोरोना मुक्त भएको जनाइएको छ ।

हालसम्म विश्वमा २ करोड २० लाख ३५ हजार २ सय २६ संक्रमित पुगेका छन् भने ७ लाख ७६ हजार ८ सय ५२ जनाको मृत्यु भएको छ । त्यस्तै हालसम्म १ करोड ४७ लाख ७५ हजार २ सय १६ जना कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित