नेपालमा कोरोनाः संक्रमितको संख्याबाट मृतक संख्यातर्फ 'केन्द्रीत' रहनुपर्ने अवस्था

C_Death

 

काठमाडौं । संक्रमितको संख्या दैनिक ५ सय भन्दा बढी भएको तथ्यांक सार्वजनिक भइरहँदा नेपालमा मृतक पनि दैनिक बढ्दो क्रममा देखिएको छ । सोमबार ५ सय ८१ जना संक्रमित र तीन जनाको मृत्यु भएको पुष्टी स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको थियो ।

तर, गत १२ घन्टामा ४ जनाको मृत्यु सार्वजनिक भएसँगै नेपालमा कोरोना संक्रमणको अर्को चरणमा प्रवेश गरेको मानिएको छ । विगतका दिनहरुमा संक्रमितको संख्यामा मात्रै केन्द्रीत रहेका नेपाली सञ्चारमाध्यमहरु एवं जनमानस मृतक संख्यातर्फ केन्द्रीत हुन पुग्नुपर्ने अवस्था आएको छ ।

अन्य विश्वमा कोरोना संक्रमितको भन्दा फरक तथ्यांक रहेको नेपालमा विशेष गरी युवा अवस्थाका मानिसहरुमा संक्रमण देखिएको छ । यसको कारण वैदेशिक रोजगारमा गएका व्यक्तिहरु नै बढी संक्रमित देखिनु रहेको पाइएको छ ।

पछिल्लो १२ घण्टामा थप चार जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ।

पछिल्लो समाचारअनुसार पाटन अस्पतालमा एक ३८ वर्षीय युवकको कोरोनाकै कारण मृत्यु भएको समाचार प्रकाशित भएको छ । सामान्य मानिएको पित्तथैलीको उपचारपछि संक्रमित देखिएका नवलपरासी नेपाली कांग्रेसका जिल्ला उपसभापतिसमेत रहेका सुवासचन्द्र गिरीको कोरोनाकै कारण निधन भएको जनाइएसँगै नेपालमा कोरोना युवा पुस्तामा समेत असरदार रुपमा बढीरहेको देखिएको छ ।

त्यसैगरी पोखराको कास्की सेवा अस्पतालमा उपचाररत तनहुँ व्यासकी ५० वर्षीय महिलाको गए राति मृत्यु भएको अस्पतालले जनाएको छ। ती महिलामा भने मृत्यपछि कोरोना संक्रमण देखिएको बताइएको छ। ती महिलाको स्वाब पहिल्यै संकलन गरिएको भएपति रिपोर्ट भने आज बिहान मात्र आएको हो ।

त्यस्तै आज (मंगलबार) विहान काभ्रेको धुलिखेलमा काठमाडौंका ९८ वर्षीय वृद्धको मृत्यु भएको हो । यसअघि हिजो९सोमबार० राती पोखरामा तनहुँकी ५० वर्षीया महिला र नेपालगञ्जमा ६२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको गियो।

मंगलवार बिहान धुलिखेल अस्पतालमा उपचाररत काठमाडौंका वृद्धको मृत्यु भएको हो। साउन २७ गते उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएको थियो। तर, आज बिहान करिव १ बजेतिर उनको मृत्यु भएको जनाइएको छ ।

त्यसैगरी फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका बाँकेमा ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–५ का ती पुरुषको गए राति ११ः४० मा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

उनलाई साउन ३० गतेदेखि कोरोनाको लक्षण देखिएपछि ३२ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थिए।

यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने चारै जना मृतकको आधिकारीक जानकारी गराइसकेको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित