वीरगञ्ज र धरानमा गरी ३ संक्रमितको मृत्यु, वीरगञ्जका दुई जनामा मृत्युपछि कोरोना पुष्टी

Died_Corona1 (1)

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण बुधबार पर्सा र धरानमा गरी ३ जनाको मृत्यु भएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक ७१ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको जनाइएको छ । धरान स्थायी घर भएकी उनकलाई खोकी लाग्ने, सास फेर्न गाह्रो हुने र ज्वरोको समस्या देखिएपछि साउन २४ गते बिहान अस्पताल भर्ना गरिएकोमा अहिले बिहान ११ बजेर १५ उनको मृत्यु भएको जनाइएको छ ।

त्यस्तै मंगलबार उपचार गराई रहेका वीरगञ्जका दुई पुरुषको मृत्यु भएकोमा दुवैको बुधबार रिपोर्ट आउँदा कोरोना पोजेटिभ देखिएको थियो ।

मंगलबार मृत्यु भएका वीरगञ्‍जको भिस्वाका ५७ वर्षका पुरुषको बुधबार बिहान कोरोना संक्रमण पुष्टी भएको थियो ।

त्यस्तै साउन २७ गतेदेखि गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेका वीरगञ्ज बिर्ताका ८४ वर्षका पुरुषको मंगलबार राति साढे १० बजे मृत्यु भएको थियो । उनको पनि बुधबार विहान रिपोर्ट पोजेटिभ आएको नारायणी अस्‍पताल प्रयोगशालाले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित