सगरमाथामा अक्सिजन चोरको बिगबिगी

सोलुखुम्बु । अक्सिजनका सिलिन्डर चोरिएर सगरमाथा आरोहीलाई हैरानी बेहोर्नुपरेको घटनामा वृद्धि हुन थालेको छ ।

उचाइमा जाँदा खुल्लारुपमा पाइने अक्सिजन घट्दै जाने भएकाले अतिरिक्त अक्सिजन प्रयोगका लागि आरोहीहरूले अक्सिजनका सिलिन्डर लगेका हुन्छन्, केही बेर अक्सिजन नपाएमा छटपटिएर मर्नुपर्ने त्यो ठाउँमा अक्सिजनका सिलिन्डर नै चोरी हुँदा कतिको ज्यानै जोखिममा पर्ने गरेको छ ।

विदेशी पर्वतारोही र शेर्पाहरूले सगरमाथाका उच्च शिविरमा दिन प्रतिदिन अक्सिजनका सिलिन्डर हराउन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । जटिल मौसम, हिमाल चढ्न र ओर्लन समय लाग्ने भएकाले अक्सिजनका सिलिन्डर हराउँदा ज्यान नै जोखिममा पर्नसक्ने उनीहरूको चिन्ता छ “माथिमाथि यो विषय एकदमै गम्भीर बनिरहेको छ, यस पटक पनि बारम्बार सिलिन्डर चोरिएको घटना मैले सुनें” हालै सगरमाथा आरोहण गरेर फर्किएका पथ प्रदर्शक छिरिङ तेञ्जिङ शेर्पाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित