मुग्लिङ–नारायणगढ सडक सञ्चालन
चितवन । सुख्खा पहिरो गएपछि अवरुद्ध बनेको मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।
चार किलोमा पहिरो झरेर अवरुद्ध बनेको सडकको पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको चितवन जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
राति २ बजे इच्छाकामना गाउँपालिका ४ स्थित ३ नम्बर पुलमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो ।
प्रतिक्रिया