पछिल्लो २४ घन्टामा ९ को मृत्यु, देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४६ पुग्यो

Died_Corona1

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीमा २ जना, पर्सामा ३ जना, बारामा १, सिराहामा १, मकवानपुरमा १ र भक्तपुरमा १ जना गरी जम्मा ९ जना थपिएका छन् ।

यससँगै हालसम्म देशभर १४६ जनाको मृत्यु भएको छ ।

त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६३४ जना संक्रमित देखिएका छन् । हालसम्म देशभर जम्मा संक्रमितको संख्या ३१ हजार १ सय १७ जना संक्रमित पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित