रुपन्देहीमा मात्रै कोरोनाका कारण एकैदिन ४ को मृत्यु

Rupandehi

रुपन्देही । कोरोना संक्रमणका कारण रुपन्देहीमा पछिल्लो २४ घन्टामा चार जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार रुपन्देहीमा ३ पुरुषसहित १ पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।

पछिल्ला दिनहरुमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको नेपालमा एउटै जिल्लामा एकैदिन यति धेरै संख्यामा मृत्यु भएको पहिला पटक हो ।

पछिल्ला चार दिनमा नेपालमा ३१ जनाको मृत्यु भइसकेको छ ।

उपत्यकामा निषेधाज्ञा जारी गरेको पहिलो दिन ११ जना, दोस्रो दिन ९ जना र तेस्रो दिन ३ जनाको मृत्यु भएको थियो । त्यस्तै आज (सोमबार) थप ८ जनाको मृत्यु भएसँगै पछिल्लो ४ दिनमा ३१ जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित