सरकार गठनका लागि आफ्नो पक्षमा समर्थन जुटाउन देउवाको कसरत

काठमाडौं । सहमतीय सरकार गठनका लागि दिइएको समय बुधबार सकिंदै छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक साताको समय सकिनु एक दिनअघि कांग्रेसले आफ्ना पक्षमा समर्थन जुटाउन प्रमुख विपक्षी दल एमालेसँग छलफल गर्ने भएको छ ।

 सहमतीय सरकार गठन नभए बिहीबारदेखि सरकार गठन बहुमतीय प्रक्रियामा अघि बढ्नेछ ।

 मंगलवार कांग्रेस सभापति शेरबहादुर देउवाले तीनै तहको चुनाव सम्पन्न गरेपछि मात्रै नयाँ संविधानको पूर्ण कार्यान्वयन हुने भन्दै आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनमा सहयोग गर्न आग्रह गरेका थिए ।

 देउवाले वर्तमान सरकारले तराई मधेसका समस्या समाधान गर्न संविधान संशोधन प्रस्ताव संसद्मा पेस गरेको बताउँदै उपयुक्त समयमा पारित हुने पनि उल्लेख गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेठ १० मा राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले सहमतीय सरकार गठनका लागि एक साताको समय दिएकी थिइन । उक्त समय बुधबार सकिँदै छ ।

प्रतिक्रिया

सम्बन्धित