हटस्पट भरतपुरः महानगरका ३६ सहित ४४ जनामा कोरोना पुष्टी

bharatpur_Map

 

भरतपुर । भरतपुर महानगरमा ३६ सहित ४४ जनामा कोरोनो भाइरस संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा भरतपुर महानगरभित्रका मात्रै ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

संक्रमित हुनेमा महानगरका २० महिला र १६ पुरुष गरि ३६ जना रहेका छन् । पुरुषहरु ५ वर्षीय बालकदेखि ४६ वर्षीय उमेर समूहका छन् भने महिलाहरु ८ वर्षीया बालिकादेखि ५४ वर्ष सम्मका रहेका छन् । उनीहरु भरतपुर–२, ४, ५, ७, ९, १०, ११, १२, १४, १५, १६ नम्बर वडाका हुन्।

त्यस्तै रत्ननगर नगरपालिकाका २७ र ७१ वर्षीया दुई महिला र २४ वर्षीय एक पुरुष गरी ३ जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु रत्ननगर–१, ६ र १३ नम्बर वडाका हुन् ।

त्यस्तै खैरहनी नगरपालिका–१ का २६ वर्षीय एक जनामा पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरि पूर्वी नवलपरासीका २३ वर्षीया एक महिला, रुपन्देहीका ५४ वर्षीया एक महिला, तनहुँका ३८ वर्षीय एक पुरुष र धनुषाका ५४ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित