बुढानिलकण्ठका एक संक्रमित पुरुषको पाटन अस्पतालमा मृत्यु

Died_Corona1

 

ललितपुर । ललितपुरको पाटन अस्पतालमा काठमाडौंका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

काठमाडौं बुढानिलकण्ठ निवासी ५४ वर्षीय पुरूषको पाटन अस्पतालमा उपचारका क्रममा मंगलबार राति साढे ९ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

उनलाई गत साउन २३ गते अस्पताल भर्ना गरिएको थियो। निमोनियाको समस्या देखिएको उनलाई पछि कोरोना पोजेटिभ देखिएको हो।

मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित