पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ८ जनाको निधन, मृतक संख्या १८३ पुग्यो

Died_Corona1

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा नियमित आयोजना गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न स्थानमा ८ जना कोरोना संक्रमितको निधन भएको छ । यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा १ हजार १ सय ११ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै हालसम्म नेपालमा ३५ हजार ५ सय २९ जना संक्रमित पुष्टी भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित