चितवनमा थप १७ जनामा संक्रमण, जिल्लाभर संक्रमित संख्या ५ सय १३ पुग्यो

Chitwan

भरतपुर । पछिल्ला दिनमा अत्याधिक कोरोना संक्रमित देखिँदै आएको चितवनमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणबाट खैरहनी नगरपालिकाका १२ जना, भरतपुरका ३ जना, रत्ननगरका १ जना र नवलपुरको गैँडाकोटका एक जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या ५१३ जना पुगेको छ।

 

प्रतिक्रिया

सम्बन्धित