आगामी वर्षदेखि स्कूल पाठ्यक्रममा फिल्म क्षेत्र समेटिन्छ: दाहाल

Dahal

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले फिल्मको विषय पाठ्यक्रममै सेमट्नुपर्ने बताएका छन् । त्यसका लागि आफूले प्रोसेस समेत सुरुवात गर्न लागेको उनले बताए ।

विकास बोर्डको अध्यक्षमा नियुक्ति भएपछि पहिलोपटक सार्वजनिक रुपमा बोल्दै दाहालले पाठ्यक्रम विकास केन्द्रस“ग फिल्मको विषलाई लिएर कुरा अगाडि बढाइसकेको बताए । उनका अनुसार शैक्षिक सत्र २०७८ बाट माध्यमिक तहमा फिल्मको पाठ्यक्रम थपिनेछ ।

विद्यालयबाट विद्यार्थीले नेपाली फिल्मको विकास, विगत, वर्तमान वुझे, कलाकार बुझे भने उनीहरुमा फिल्मबारे चासो बढ्ने उनको विश्वस छ । अध्यक्ष्ँ दाहालले सरकारी र प्राइभेट विद्यालयमा फिल्म पढाउने पाठ्यक्रमको कुरा अगाडि बढाएको भन्दै भने, ‘यो लागू भएर अर्को वर्ष पढाई सुरु हुन्छ ।’

यसअघि बोर्डमा थुप्रै अध्यक्ष भइसकेका छन् । तर, ती अध्यक्ष्ँहरु चलचित्र विकास बोर्डमा कुर्सी ओगट्ने कामबाहेक केही उपलब्धी गरेनन् । केही गर्न नसक्दा चलचित्र क्षेत्रकै मान्छेबाट बोर्डका आलोचना हु“दै आएको छ । विकास बोर्डमा आउने अध्यक्ष राजनीतिक कार्यकर्ता भएर भर्ती भएर आउ“थे र २ बर्ष बिताएर जान्थे । तर, वर्तमान अध्यक्ष दाहालले सुरुमै विद्यालयमा फिल्मी पाठ्यक्रमको विषय उठाएर चलचित्रकर्मीलाई खुसी बनाउने काम गरेका छन् ।

साथै, अध्यक्ष दाहालले बक्स अफिस समेत लागू गर्ने बताएका छन् । यसअघि बक्स अफिस लागू भएपनि सन्तोषजनक काम भएको छैन । केही अध्यक्षले बोर्डमा आउनेबेला बक्स अफिसको नारा बनाए । तर, अवस्था उस्तै छ । यसैबेला वर्तमान अध्यक्ष दाहालले बक्स अफिसलाई पनि लागू गर्न अग्रसर भएका छन् । उनले भने, ‘मेरो पहिलो काम बक्स अफिस लागू गर्ने हो, त्यसपछि पाठ्यक्रम ।’ यसका लागि उनले फिल्मकर्मीको साथ र सहयोगको पनि अपेक्षा गरेका छन् । यदि फिल्मका विषय पाठ्यक्रम लागू गर्न सफल भएमा अध्यक्ष्ँ दाहालले एउटा इीतहास समेत बनाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित