एकैदिन नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतक संख्या १९५ पुग्यो

Died_Corona1

 

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा नियमित आयोजना गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

गाैतमका अनुसार पछिल्लो २४ घन्टामा ४ महिला र ८ पुरूषसहित १२ जना कोरोना संक्रमितको निधन भएको छ । यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा ९२७ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै हालसम्म नेपालमा ३६ हजार ४ सय ५६ जना संक्रमित पुष्टी भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित