काेराेनाबाट नेपालमा ज्यान गुमाउनेकाे संख्या २ सय नाघ्यो, आज पनि थप १२ जनाको मृत्यु

Died_Corona1

 

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा नियमित आयोजना गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

गाैतमका अनुसार पछिल्लो २४ घन्टामा ३ महिला र ९ पुरूषसहित १२ जना कोरोना संक्रमितको निधन भएको छ । यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ । यससँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेको संख्या २ सय नाघेको छ ।

पछिल्लो २४ घन्टामा ११ हजार ५ सय १६ जनाको पीसीआर परिक्षण गरिएको जनाइएको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा ८८४ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै हालसम्म नेपालमा ३७ हजार ३ सय ४० जना संक्रमित पुष्टी भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित