प्रेमराजा महत दम्पत्ति कोरोनामुक्त, 'समादरणीय मदनकृष्णज्यूको आँशुका प्रेमिल थोपा शक्तिमा परिणत भयो'

Premraja

अमेरिका । चर्चित एवं बरिष्ठ लोकगायक प्रेमराजा महत तथा उनकी धर्मपत्नी कविता महत कोरोनाबाट मुक्त भएको जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत भावुक स्टाटस लेख्दै महतले कोरोना रोगलाई सानाे नमान्न र ठूलाे पनि नमान्न अनुरोध गर्दै सबैलाई सचेत भएर बस्न अनुरोध गरेका छन् ।

उनले पीडामा रहेको अवस्थामा साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गर्दै भनेका छन्, 'नेपाली कलाजगत का हस्थी ,हांस्यमहारथी भनौ मेरा दाई तथा बाउ जस्ता समादरणिय मदनकृष्ण ज्यू र अमेरिका मा रहेका एकदमै प्यारा भाई परशु तिमल्सिना को आंखाहरू बाट बगेका आंसु का प्रेमिल थोपाहरू ले हाम्रा मुटुहरू लाई भिजायो जुन आंशु हाम्रो शक्ति मा परिणंत भयो।'

उनले स्टाटसमा लेखेका छन्, 'Doctors र Nurses अनि who ले दिएका सरसल्लाह नियम पालना गरौं,यदि यो रोग आफुलाई लागी हाल्यो भने कत्ति नलुकाऊं सबैलाई जानकारी दिएर सचेतना जगाऊं ।'

सामाजिक सञ्जाल फेसबुकमार्फत् गत अगस्त ७ मा आफू र पत्नी कवितालाई कोराना संक्रमण भएको सार्वजनिक गरेका थिए ।

त्यसपछि घरमै आइसोलेसन बसेका महतले २८ अगस्तका दिन आफूहरु कोरोना मुक्त भएको पुनः फेसबुकमार्फत जानकारी गराएका छन् ।

उनले आफू कोरोना मुक्त भएको सबैलाई सार्वजनिक गर्दै लेखेका छन्ः

NO CORONA, GO CORONA.WE DON’T NEED ANY MORE.
हाम्रा सम्पुर्ण शुभचिन्तक ईष्टमित्रहरू मा हाम्रो हार्दिक नमस्कार।सर्बप्रथम त हामि हालै को केरोना परिक्षण बाट पुर्णतया कोरोना मुक्त भएको जानकारी गराउन चाहान्छौं।बिश्वभरी रहनुभएका हाम्रा हजारौं हजार ईष्टमित्रहरू को आशिर्बाद र माया प्रेम ले हामिलाई यतिठुलो हिम्मत दियो कि जुन Vibrations ले हामि माथी घातक संक्रमण गर्ने बिश्वमहामारी को मुलजड कोरोना लाई परास्त गर्र्ने सफलता मिल्यो।यी सबै हुनु मा हजुरहरूकै गहिरो मायाप्रेम ,भगवान पशुपतिनाथ र हाम्रो ईष्टदेबी तनहुं अवस्थित ढोर बाराही माई को कृपा ठानेका छौं किनकी जुनरोग औषधिबाट निको हुन्छ भन्ने आशै छैन।यस्तो बिषमपरिस्थिति मा हामिलाई सन्चोहोस भनि आशिर्बाद र शुभकामना सहित का सयौं सयौं Face book status दिनुहुने हाम्रा अत्यन्तै पृयजनहरू मा असाध्यै आभारी छौं।नेपाली कलाजगत का हस्थी ,हांस्यमहारथी भनौ मेरा दाई तथा बाउ जस्ता समादरणिय मदनकृष्ण ज्यू र अमेरिका मा रहेका एकदमै प्यारा भाई परशु तिमल्सिना को आंखाहरू बाट बगेका आंसु का प्रेमिल थोपाहरू ले हाम्रा मुटुहरू लाई भिजायो जुन आंशु हाम्रो शक्ति मा परिणंत भयो।
CORONA भन्ने सानो रोग हैन सानो नमान्नुहोला, ठुलै पनि हैन नडराऊनु होला।यसलाई Maintain गर्यो भने अवस्य ठिक हुन्छ,यदि लापरबाहि गरियो भने ज्यानै लिन पनि सक्छ।त्यसैले हामी हजुरहरूमा यो पनि निबेदन गर्दछौं की जुन Doctors र Nurses अनि who ले दिएका सरसल्लाह नियम पालना गरौं,यदि यो रोग आफुलाई लागी हाल्यो भने कत्ति नलुकाऊं सबैलाई जानकारी दिएर सचेतना जगाऊं।फेरी अर्को बिनम्र अनुरोध योपनि छ की corona भएर निको भैसकेको मानिस पुर्णतया पहिला जस्तै नर्मल हुनेहुंदा रोग सर्छकी भनेर डराउनु पनि पर्दैन साथै यो बिषयमा कुनै सरसल्लाह चाहिएमा आफ्नो अनुभव अवस्य सबैमा टक्र्याउने छौं।फेरीपनि एकफेर हजुरहरू सबैमा धन्यबाद टक्र्यांउदै आभार ब्यक्त गर्दछौं।Especial thanks goes to dear son Dr Sargam Mahat and Jolly Amatya chhori for supervision.

प्रेम राजा महत-कबिता महत
हाल अमेरिका बाट। 

प्रतिक्रिया

सम्बन्धित