लामो दूरीका सवारी र आन्तरिक उडान भदौ मसान्तसम्म नखुल्ने, अन्तर्राष्ट्रिय उडान शर्तसहित सुरु

mantri (1)

काठमाडौं । गत चैत ११ देखि बन्द भएको लामो दूरीको सवारी साधन भदौ मसान्त अघि नखुल्ने भएको छ । नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले यसअघि भदौ १५ सम्मका लागि बन्द गरिएको लामो दूरीका सवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको जनाइएको हो ।

त्यस्तै सरकारले आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको छ । तर, अन्तराष्ट्रिय हवाई उडान भने सर्तसहित भदौ १६ गतेबाट सुरु गर्न अनुमति दिइएको छ ।

यसैगरी यस्तै स्कुल कलेजसहितका शैक्षिक संस्थाहरु पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय भएको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित