नेपालमा थप ७ जनाको मृत्यु, मृतकसंख्या २२८ पुग्यो

Died_Corona1

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार गत २४ घन्टामा महाेत्तरीमा ४ वर्षीया बालिकासहित ३ महिला र ४ पुरुषसहित ७ जनाको मृत्यु भएको जनाइएको छ ।

मन्त्रालयका अनुसार यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२८ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा ८९९ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै हालसम्म देशभर ३९ हजार चार सय ६० जना संक्रमित देखिएका छन् भने ती मध्ये २१ हजार ४ सय १० जना संक्रमण मुक्त भएको पनि जनाइएको छ । 

 

 

 

प्रतिक्रिया

सम्बन्धित