याभ नेपाल र टान्सफर्म नेपालको संयुक्त पहलमा माक्स वितरण

Mask Distrubution
भक्तपुर।
याभ नेपाल र टान्सफर्म नेपालको संयुक्त पहलमा कोरोना भाईरस कोभिड १९ को महामारीमा नेपाल सरकारबाट जारी गरिएको निषेधाज्ञालाई पुर्ण रुपमा पालन गराउने शिलशिलामा अग्र भागमा रहेर भक्तपुर जिल्लाको सुरक्षामा खटिनु भएका नेपाल प्रहरीका युनिटहरुलाई मास्क बितरण गरिएको छ ।

संस्थाले महानगरीय प्रहरी वृत जगातीलाई ४०० पिस, कटुञ्जे प्रहरी प्रभागलाई २०० पिस, दधिकोट प्रहरी प्रभागलाई २०० पिस, गुण्डु प्रहरी चौकीलाई १०० पिस र सिरुटार प्रहरी चौकीलाई १०० पिस गरि जम्मा १००० पिस सर्जिकल माक्स युवाका साथ साथ आवाज नेपाल र टान्सफर्म नेपालको संयुक्त पहलमा वितरण गरिएको याभ नेपालका सचिव श्रीकृष्ण थापाले बताए ।

Mask Distribution 1`

संस्थाले जिल्लामा कोरोना भाईरस कोभिड १९ को महामारीमा नियन्त्रणका लागि अग्रभागमा बसेर काम गर्ने अन्य ब्यक्तीहरुलाई पनि समय क्रममा मास्क लगाएतका सुुरक्ष सम्बन्धी सामाग्रीहरु उपलब्ध गराउँदै जाने समेत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित