ललितपुरमा शुक्रबार १८ घन्टाका लागि कर्फ्यू आदेश

Lalitpur_CDO

 

ललितपुर । ललितपुर महानगरको रिङरोडभित्र शुक्रबार कर्फ्यू घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहीबार रातो मच्छिन्द्रनाथ रथ तान्ने क्रममा भएको घटनापछि घट्न सक्ने घटनालाई मध्यनजर गर्दै महानगरपालिका रिङरोडभित्र शुक्रबार कर्फ्यू आदेश जारी गरेको जनाएको छ ।

बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ । कोरोना महामारीको संक्रमणको जोखिम बढीरहेको बेला भिडभाड र प्रदर्शन भएकोले रोग बढ्ने खतरा देखिएपछि कर्फ्यू जारी गरिएको जनाइएको छ ।

कर्फ्यूको समयमा प्रेस, कूटनीतिक नियोग र सरकारी सवारीहरूलाई आवागमनमा बाधा पर्ने छैन।

प्रतिक्रिया

सम्बन्धित