काठमाडाैंमा ३८६ सहित उपत्यकामा थप ४५४ मा कोरोना संक्रमण

Corona_Test

 

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप ४५४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा नियमित आयोजना गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

गौतमका अनुसार पछिल्लो काठमाडौं जिल्लामा पछिल्लो २४ घन्टामा ३८६ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै भक्तपुर र ललितपुरमा क्रमशः ३६ र ३२ जनामा संक्रमण देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित