चितवनका २८ सहित थप ३६ जनामा कोरोना संक्रमण पुष्टी

Chitwan

चितवन । चितवनमा थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये २८ जना चितवनका र बाँकी नवलपुर र रुपन्देहीका रहेको जनाइएको छ ।

भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २८ सहित ३६ जनामा संक्रमण देखिएको हो।

कोरोना पुष्टि हुनेहरू १० देखि ७३ वर्षसम्मका छन्।

भरतपुर अस्पतालको प्रयोगशालामा भरतपुर महानगरका ४ पुरुष र ३ महिलामा कोरोना पोजेटिभ देखिएको छ। नवलपुरको गैंडाकोट र रुपन्देहीका एकरएक जनामा संक्रमण पुष्टि भएको छ।

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका १९ जना, रत्ननगर र राप्ती नगरपालिकाका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित