भारतमा संक्रमित संख्या ४१ लाख नाघ्यो, एकैदिन ९० हजार बढी संक्रमित

ind

 

काठमाडौं । भारतमा कोरोना भाइरसको दैनिक संक्रमण बृद्धिमा दिनानुदिन नयाँ कीर्तिमान कायम हुन थालेको छ ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९० हजारभन्दा बढीमा संक्रमण देखिएसँगै हालसम्म ४१ लाख १० हजार ८३९ पुगेको छ ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म ३१ लाख ७७ हजार ६३७ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ६२ हजार ४८७ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०४४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७० हजार ६७९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित