युवती बलात्कारको आरोपमा राजधानीबाटै प्रहरी पक्राउ

police_rap

 

काठमाडौं । एक युवतीलाई बलात्कार गरेको आरोपमा राजधानीको गाैशालाबाट प्रहरी नै पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत प्रहरी जवान उप्रेन्द्र सिंहले एक युवतीलाई बलात्कार गरेको उजुरीपछि पक्राउ गरिएको सोही वृत्तले जनाएको छ ।

आइतबार राति सोही वृत्तका प्रहरी जवान सिंहले २१ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोप लागेको छ ।

सिंहलाई म्याद थप गर्न जिल्ला अदालत लगिएको जनाइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित