मतपत्र च्यातेको आरोपमा वाइसीएल जिल्ला अध्यक्ष पक्राउ

चितवन ।  मतपत्र च्यातेको आरोपमा मतगणना स्थलबाट दुई माओवादी कार्यकर्ता र एक एमालेका कार्यकर्ता पक्राउ परेका छन । वाइसीएल जिल्ला अध्यक्ष मधु न्यौपाने र अर्का माओवादीका कार्यकर्ता दोर्ण सिवाकोटी पक्राउ परेका छन् । मतगणनास्थलमा मतपत्र च्यातेको आरोपमा प्रहरीले बिहान साढे १ बजे उनीहरुलाई पक्राउ गरेको हो ।

 पक्राउ परेका एमाले कार्यकर्ता गंगा लामा जिल्ला खेलकुद विकास समिति चितवनका सदस्य समेत हुन् । मतगणनास्थलमा बसेका माओवादी केन्द्रका एजेण्टले मतपत्र च्यातेपछि सोको विरोध गर्ने एमाले कार्यकर्ता गंगा लामामाथि पनि प्रहरीले पक्राउ गरेको छ । हार्ने भएपछि दुईपटक गरी २५ वटा जति मतपत्र च्यातेको एमालेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित