देशभर ९ सय २ नयाँ संक्रमित, २२८७ डिस्चार्ज

Corona_Update

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ९ सय २ जना संक्रमित थपिएका छन् । 

मंगलबार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ८ सय ६८ रहेको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

पछिल्लो २४ घन्टामा २ हजार २ सय ८७ डिस्चार्ज भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित