विश्वभरका २ करोडले हासिल गरे कोरोनाविरूद्धको जीत, भारतमा एकैदिन ९५ हजार संक्रमित थपिए

WM

काठमाडौं । विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २ करोड नाघेको छ । विश्वभर महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसका कारण पछिल्लो तथ्यांकअनुसार २ करोड ८० लाख भन्दा बढी मानिस संक्रमित भइसकेको अवस्था रहेको छ । ती मध्ये पछिल्लो तथ्यांकअनुसार २ करोड ९१ हजार ७ सय १७ जना उपचार पछि कोरोना मुक्त भइसकेका छन् ।

पछिल्लो २४ घन्टामा २ लाख ८६ हजार ५ सय २६ जना नयाँ संक्रमित थपिएसँगै हालसम्म विश्वमा २ करोड ८० लाख १४ हजार ८ सय २६ जना संक्रमित पुगेका छन् । त्यस्तै ६ हजार २ सय २७ जनाले कोरोनाबाट ज्यान गुमाएसँगै हालसम्म ९ लाख ७ हजार ३ सय ४ जनाको मृत्यु भइसकेको छ ।

विश्वमा सबैभन्दा धेरै अमेरिकामा संक्रमित र मृतकको संख्या पुगेको छ । अमेरिकामा हालसम्म ६५ लाख ४९ हजार ४ सय ७५ जनामा संक्रमण देखिएको छ भने १ लाख ९५ हजार २ सय ३९ जनाको मृत्यु भएको छ ।

त्यस्तै नेपालको छिमेकी मुलुक भारतमा ४४ लाख ६२ हजार ९ सय ६५ जना संक्रमित देखिएका छन् भने ७५ हजार ९१ जनाको मृत्यु भइसकेको छ । भारतमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै संक्रमित संख्या थपिएका छन् । भारतमा पछिल्लो २४ घन्टामा ९५ हजार ५ सय २९ जना नयाँ संक्रमित थपिएका छन् ।

भारतपछि धेरै संक्रमित देखिएको ब्राजिलमा हालसम्म ४१ लाख ९९ लाख ३ सय ३२ संक्रमित छन् भने १ लाख २८ हजार ६ सय ५३ जनाको मृत्यु भइसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित