लेखाको निर्णय लत्याउँदै एनसेलद्धारा गैरकानुनी रुपमा फोरजी सेवा सञ्चालन(प्रमाण सहित)

काठमाडौं। व्यवस्थापिका संसद्को लेखा र अर्थ समितिले लाभकर नअसुलेसम्म कुनै पनि व्यवसायीक योजना अगाडी नबढाउन नेपाल दुरसंचार प्राधिकरणलाई निर्देशन दिएपनि मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले भने फोर जी सेवा सञ्चालन गरेको छ ।

 करिव ३२ अर्ब रुपैयाँभन्दा बढी लाभकर तिर्न बाँकी रहेको एनसेलले कर चुक्ता नगरि खुल्लमखुल्ल गैरकानुनी रुपमा फोर जी सेवा सुरु गरेको हो ।

 एनसेलले आधिकारिक रुपमा आफूले फोर जी सेवा सञ्चालन गरेको नबताए काठमाडौं उपत्यकामा भने एनसेलको फोर जी सेवा चल्छ । त्यसैको फाइदा उठाउँर्दै एनसेलले विभिन्न पत्र पत्रिकामा विज्ञापन प्रकाशित गरी फोर जी सेवा शुरु गरेको जनाएको छ । घुमाउरो पारामा एनसेलले ‘थ्री जि भन्दा फास्ट आउँदैछ सुपर फास्ट’ लेखेर विज्ञापन प्रकाशित गरी फोर जी शुरु गरेको जनाएको छ । एनसेलले फ्रि सिम अपग्रेड गर्ने पनि जनाएको छ ।

   एनसेलले टु जी चलाई रहेको ९०० र १८०० मेगाहर्ज फ्रिक्वेन्सीलाई टेक्नोलोजी न्युट्रल गरी थ्री जी र फोर जी सेवा सञ्चालनको अनुमति दिएको थियो । संसदको लेखा समितिले दिएको निर्देशन अटेर गर्दै प्राधिकरणले फोरजी सञ्चालन अनुमति दिएको थियो । अनुमति पाएको केही दिन मै काठमाडौं उपत्यकामा एनसेलले फोर जी सेवा सुरु गरिसकेको छ ।

 एनसेलले बिगत लामो समयदेखि बिक्री गर्दै आएको सिम पनि फोर जी नै रहेको थाहा भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको अनुमती नै नपाई एनसेलले फोर जीको सिम बेच्दा समेत नेपाल सरकार र सम्बन्धित निकाय भने मुखदर्शक बनेका छन् । केही समय अघि लेखा र अर्थको निर्देशन विपरित विकास समितिले फोरजी सेवा सञ्चालनको अनुमति दिन नियमक नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएपछि प्राधिकरणले फोरजी लाइसेन्स दिएको थियो ।

 तर, सार्बजनिक लेखा समितिले भने पुनः फोरजी सेवा रोक्न प्राधिकरणलाई पत्राचार गरिसकेको छ । राज्यका प्रायः सबै निकायलाई आर्थिक प्रभावमा पारी ३२ अर्व लाभकर तिर्न आनाकानी गर्दै आएको एनसेलको पक्षमा निर्णय गर्दै विकास समितिले बिक्रेता कम्पनीबाट कर असुल्न सरकारलाई निर्देशन दिएको थियो ।  एमाले नेता रवीन्द्र अधिकारी नेतृत्वको विकास समितिले एनसेललाई फोर जीलगायतका सेवा सञ्चालन अनुमति तत्काल दिन निर्देशन दिएको थियो ।

 फोर जी लगायत रोकिएका व्यवसायीक योजनाहरू खुलाउन अधिकारीमार्फत एनसेलमा २० प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सतिशलाल आचार्यले चुनावी खर्च भन्दै झण्डै २० करोड रकम बालकोटसम्म पु-याएपछि एनसेलले फोरजीको अनुमति पाएको रहस्य बाहिर आएको थियो ।

एनसेलले यसरी शुरु गरेको छ  फोर जी सेवा

•Apple (iPad, iPhone 5, 5s, 5c, 6, 6 Plus): Settings > Mobile data > select "Enable 4G". •Samsung (Android): Settings > More settings > Mobile networks > Network mode > select 4G, LTE or an automatic network selection. •HTC (Android): Settings > Mobile networks > Network mode > select 4G, LTE or an automatic network selection. •Sony (Android): Settings > Wireless and networks > Mobile networks > Network mode > select 4G, LTE or an automatic network selection. •Nokia (Windows Phone 8): Settings > Mobile networks > Highest connection speed > LTE गरे पुग्छ

प्रतिक्रिया

सम्बन्धित