डडेल्धुरा अस्पतालमा २,५०० रुपैयाँमै पिसिआर गर्न पाइने

Dadeldhura hospital

डडेल्धुरा । डडेल्धुरा अस्पतालले रु दुई हजार पाँच सयमा पिसिआर जाँच गर्ने भएको छ । आफ्नै खर्चमा कोरोना जाँच गर्न इच्छुकको अस्पतालले जाँच गरिने जनाएको छ ।

यसअघि अस्पतालले आपत्कालीनावस्थामा एक घण्टाभित्र पिसिआर रिपोर्ट दिने जनाएको थियो । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइको पत्र र अस्पताल विकास समितिको निर्णयानुसार सो शुल्कमा पिसिआर जाँच गर्न सकिने अस्पतालले जनाएको छ ।

साधारणावस्थामा नेपाल सरकारले जाँच गरिरहेको परिधिभित्र नपरेकाहरुलाई सो शुल्कमा पिसिआर जाँच गर्न सकिने अस्पतालका मेसु जगदीशचन्द्र विष्टले बताए ।

डडेल्धुरा अस्पतालमा आजसम्म तीन कोरोना भाइरस संक्रमित छन् । दुई सातायता अस्पतालमा भर्ना भएका उनीहरुको स्वास्थ्यावस्था सामान्य रहेको र बिहीबार दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए ।

प्रतिक्रिया

सम्बन्धित