काठमाडौंका मेयरका उम्मेदवार जसले एक भोट मात्र पाए

काठमाडौं : राजधानी काठमाडौंको काठमाडौं महानगरपालिकामा मेयरमा उम्मेदवारी दिएका अधिकांश उम्मेदवारहरुको जमानत जफत भएको छ । कुल एक लाख ९७ हजार २२७ मत खस्दा १ लाख ९१ हजार ४१ मत सदर भएका थिए । तरपनि अधिकांश उम्मेदवाररुले २० भोट ल्याउन सकेनन् । झण्डै २० हजार मत अन्तरले नेकपा एमालेका विद्यासुन्दर शाक्य विजयी हुँदा २२ जनाले भने पाँच सय भोट पनि ल्याउन सकेनन् । २८ जना उम्मेदवार रहेको काठमाडौंमा विवेकशिल नेपाली पार्टीबाट आएकी रञ्जु दर्शना र साझा पार्टीका किशोर थापाले भने १५ हजार भन्दा बढि मत पाए । मेयरमा उठेर आफ्नै परिवारको पनि भोट नपाउने उम्मेदवार बने भगमान गिरी । उनले आफ्नै मात्र मत पाए । स्वतन्त्र उम्मेदवार बनेका उनी खुला सुटकेश चुनाव चिन्ह लिएर चुनाव लडेका थिए । उनले जम्मा एक भोट मात्र पाएका छन् । त्यसैगरी स्वतन्त्रतर्फ उम्मेदवार बनेका विनोदकुमार क्षेत्री, राधा बेलवासे, सुरेन्द्रप्रसाद ढकाल, पुरुषोत्तम दंगाल, ज्ञानु लामा तामाङ, अनिलमान श्रेष्ठ, नेत्रबहादुर लिम्बु, भरतबहादुर विसुराललगायतले २० मत पनि ल्याउन सकेनन् । महानगरपालिकाको मेयरहरु कसले कति मत पाए ? यता उपमेयरमा पनि ६ जना उम्मेदवारले पाँच सय मत पाउन सकेनन् । नेपाली कांग्रेसकी हरिप्रभा खड्गी ५८२५२ मतसहित विजयी हुँदा स्वतन्त्र उम्मेदवार बनेकी जेनीशा भट्टराईले भने सबैभन्दा कम ८१ मत ल्याइन् । उपमेयरको नतिजा यस्तो छ

प्रतिक्रिया

सम्बन्धित