एक्सपर्ट एजुकेशनको २३ औ शाखा हेटौंडामा

हेटौंडा । शैक्षिक परामर्श क्षेत्रमा अग्रणी संस्था एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले हेटौंडाको पारिजत पथमा नयाँ शाखा  गरेको छ ।

 अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्टले २३ औ  शाखाको रुपमा हेटौंडामा शाखा विस्तार गरेको हो ।

 शाखाको आईतवार हेटौंडा उप महानगरपालिकाका प्रमुख हरि बस्नेतले  उद्घाटन गरे ।  विशेषगरी अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुका लागि एक्सपर्टले परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

  विद्यार्थी र समाजको चाहना अनुसार हेटौंडामा शाखा विस्तार गरिएको एक्सपर्टको नेपालका प्रबन्ध निर्देशक खेम संग्रौलाले जानकारी दिएका छन्  । बिशेषगरी एक्स्पर्ट एजुकेशन एण्ड भिजा शर्भिसले अष्ट्रेलियामा विद्यार्थीलाई उच्च शिक्षाका लागि विदेश जान परामर्श तथा तयारीमा मार्गदर्शकका रुपमा काम  गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित