काठमाडाैंमा ४ सय ८३ सहित उपत्यकामा ५९७ संक्रमित

Corona_Test

 

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप ५९७ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा नियमित आयोजना गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

गौतमका अनुसार पछिल्लो काठमाडौं जिल्लामा पछिल्लो २४ घन्टामा ४८३ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै भक्तपुर र ललितपुरमा क्रमशः ८१ र ३३ जनामा संक्रमण देखिएको हो ।

नेपालमा हालसम्म ५४ हजार १ सय ५० जना संक्रमित पुगेका छन् । 

प्रतिक्रिया

सम्बन्धित