काठमाडाैंमा ६ सहित देशभर थप ९ जना मृतक थपिए, जम्मा मृतक संख्या ३४५ पुग्यो

Died_Corona1

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार ३ महिला र ६ पुरूषको कोरोना संक्रमणाबाट मृत्यु भएको हो ।

ती मध्ये काठमाडाैंमा ६ जना, मोरङमा १ जना पुरूष, सिन्धुपाल्चाेकमा १ जना पुरूष र कास्कीमा १ जना महिलाको मृत्यु भएको जनाइएको छ । काठमाडाैंमा मृत्यू भएका ६ मध्ये २ महिला र ४ पुरूष रहेको जनाइएको छ ।

मन्त्रालयका अनुसार यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ । 

नेपालमा पछिल्लो २४ घन्टामा १०३९ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म देशभर ५४ हजार १५० जना संक्रमित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित